देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागे !

५ बर्ष अगाडि

बुटवल–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागेको दाबी गरेका छन् । 

प्रगतिशील पत्रकार सङ्घ रुपन्देहीले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले  कञ्चनपुरको निर्मला हत्याकाण्डलाई मुद्दा बनाएर देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागेको आरोप लगाए । 

उनले दुई तिहाइ अवस्थामा रहेको सरकारले अझै पनि सुशासन दिन सक्षम हुनुपर्नेमा जोड दिँदै महँगी नियन्त्रण, भ्रष्टाचारीलाई कारवाही र सुशासन आम नेपाली नागरिकले चाहेको बताए । 

अध्यक्ष केसीले एकात्मक प्रणालीभित्र पनि प्रदेश हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रदेशको खर्च स्थानीय तहलाई दिएर बलियो बनाउन सकिने सुुझाव दिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया