सांस्कृतिक कार्यक्रममा नशालुपदार्थ सेवनपछि ७ को मृत्यु, ५ अचेत

५ बर्ष अगाडि

भियतनाम- सांस्कृतिक कार्यक्रममा नशालु पदार्थ सेवन गरेपछि भियतनाममा सात जनाको मृत्यु भएको छ भने पाँच जना अचेत अवस्थामा रहेका छन् । 
हनोइमा आइतबार राति अबेर भएको सांस्कृतिक कार्यक्रममा यस्तो घटना भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 
घटनामा पिडित भएकाहरु सवै जना भियतनामकै नागरिक रहेका छन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ । 
“घटना के कारणले भयो र दोषी को को छन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ,” प्रहरीका एक उच्च अधिकृतले सोमबार भने । 
मृत्यु भएका सवै २० देखि ३० बर्षका छन् भने अचेत अवस्थामा रहेका पाँच जना १८ देखि ३० बर्ष उमेर समूहका हुन् । अचेत अवस्थामा रहेकाको हनोइ अस्पतालमा उपचार भइरहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया