सरकारी कोषबाटै संविधानको विरोध

५ बर्ष अगाडि

काठमाडौं । संविधानमा अझै असन्तुष्ट रहेका तर तीनै तहमा निर्वाचनमार्फत जनप्रतिनिधि भएका मधेसी दलका नेता कार्यकर्ताले सरकारी कोषबाटै ३ असोजमा संविधान दिवसको विरोध गर्ने भएका छन् ।
केन्द्र सरकारले राष्ट्रिय बिदा दिएर संविधान दिवसको खुसियाली मनाउने तयारी गरिरहेका बेला प्रदेश २ सरकार र संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीले ३ असोजलाई कालो दिवसका रूपमा मनाउन लागेका हुन् । त्यसका लागि दुवै दलका जनप्रतिनिधिले सरकारी कोषबाटै विरोधका कार्यक्रम सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
संघीय सरकारमा उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री, प्रदेश २ मा मुख्यमन्त्रीसहित सरकारको नेतृत्व गरिरहेको संघीय समाजवादी फोरम नेपाल र संघीय सरकारलाई समर्थन गरेको तर प्रदेश २ सरकारमा सहभागी भएको राष्ट्रिय जनता पार्टी नेपालले कालो दिवस मनाउने तयारी गरेको हो । आन्तरिक रूपमा विरोधमा चाहिने सबै सामान र कार्यकर्ता ढुवानी, खाजा खर्च सरकारी कोषबाटै गर्नका लागि निर्देशन भएको राजपाका एक नेताले बताए ।

लालबाबु राउत प्रदेश २ सरकारको मुख्यमन्त्री छन् । राजधानी दैनिकमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया