चालिस हजार निमका बिरुवा वितरण

५ बर्ष अगाडि


भद्रपुर – बिर्तामोड नगरलाई प्राङ्गारिक नगर बनाउने अभियानअन्तर्गत नगर क्षेत्रका किसानलाई निमका बिरुवा वितरण गरिएको छ । 

गरामनीस्थित एक कृषि नर्सरीमा आज आयोजित कार्यक्रममा किसानलाई ४० हजार निमका बिरुवा वितरण गरिएको हो । नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख कार्यकारी अधिकृत पशुपति खतिवडा, कृषि अधिकृत राजेन्द्र खरेलले निःशुल्क बिरुवा वितरण गर्नुभएको थियो । 

यसअघि किसानलाई १० हजार फलफूलका बिरुवा वितरण गरिसकेको नगरपालिकाले चार वर्षभित्रमा चार लाख बिरुवा बाँड्ने योजना बनाइएको नगरप्रमुख शिवाकोटीले बताउनुभयो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया