डेडिकेटेड र ट्रंक लाइन बापतको विद्युत महशुल हटाइयो, यस्तो छ नयाँ विद्युत महशुलदर

३ बर्ष अगाडि

काठमाडौं – औद्योगिक क्षेत्रमा लामो समयदेखि विवादित रहेको डेडिकेटेड फिडर र ट्रंक लाइन बापतको विद्युत महशुलदर अन्ततः खारेज गरिएको छ । विद्युत नियमन आयोगले बिजुलीको नयाँ महशुलद सार्वजनिक गर्दै उक्त व्यवस्था खारेज गरेको हो । 
यद्यपि, प्राधिकरणले भने त्यस बापतको महशुल पनि लिन पाउने भन्दै आयोगमा प्रस्ताव गरेको थियो । तर, आवश्यक नदेखिएपछि आयोगले त्यसलाई हटाएको हो । 
बिशेषगरि नेपालमा लोडसेडिङ व्याप्त रहेको बेला उद्योगहरुले लोड सेडिङको समयमा पनि डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत बिजुली उपभोग गर्दै आएका थिए । त्यसबापत उनीहरुले महंगो शुल्क पनि तिरेका थिए । तर, अहिले लोडसेडिङ हटीसकेको अवस्था छ । यस अवस्थामा उक्त व्यवस्था हटाउनुपर्ने भन्दै व्यवसायीहरुले लविङ गर्दै आएका थिए । त्यसपछि आयोगले उक्त व्यवस्था हटाएको हो । 
आयोगले गत फागुनमा नेपाल विद्युत प्राधिकरणबाट प्रस्ताव भएको विद्युत महशुललाई आवश्यक प्रक्रिया पुराएर सार्वजनिक गरेको हो । प्रस्तावित महशुलदरमा केही हेरफेर गरेर आयोगले महशुलदर सार्वजनिक गरेको हो । उक्त महशुलदर असारदेखि नै लागू हुनेछ । आयोगले सार्वजनिक सुनाई गरेर सरोकारवालाहरुको सुझाव लिएर विद्युत महशुल जारी गरेको हो ।
आयोगले सामुदायिक खानेपानी र सिचाईमा बिजुलीको प्रयोग गर्दा लाग्ने डिमान्ड शुल्कमा पनि खारेज गरेको छ । यसैगरि पहिलो पटक विद्युतीय गाडी चार्ज गर्दा लाग्ने महशुलदर पनि निर्धारण गरिएको छ । समग्रमा विद्युत महशुलदर १० प्रतिशतले घटेको बताइएको छ । 

हेर्नुहास्, कुन क्षेत्रलाई कति महशुलदर

३ बर्ष अगाडि

प्रतिक्रिया