पूजामा घण्टीको प्रयोग किन हुन्छ ?

३ बर्ष अगाडि

मन्दिर वा पूजाघरमा हामीले घण्टीको प्रयो गरेको त देखेकै होलाउँ । मन्दिरको द्वारमा वा बाहिर घण्टी झुन्डाइएको हामीले देखेकै छौँ ।

यो प्रचलन प्राचीन काल देखि नै चल्दै आएको छ । विशेष रुपमा घण्टी बजाउँदा वातावरण शुद्ध हुने विश्वास रहेको छ ।

हिन्दू धर्ममा श्रृष्टिको रचनाकालमा ध्वनिलाई महत्वपूर्ण मानिन्छ । ध्वनीबाट नै प्रकाश उत्पत्ति भएको मानिन्छ ।

जब पृथ्वीको उत्पत्ति भयो त्यो बेला घण्टीको ध्वनि नै नादको प्रतिक मानिन्थ्यो । जहाँ घण्टी सधैँ बज्छ त्यहाँको वातावरण पनि शुद्ध हुन्छ ।

साथै नकारात्मक शक्ति हट्ने विश्वास रहेको छ । घण्टीलाई समयको प्रतिक पनि मानिन्छ ।

जब प्रलय कालको समय आउँछ त्यो बेला यसै प्रकारको ध्वनि बज्ने विश्वास छ । स्कन्द पुराणका अनुसार मन्दिरमा घण्टी बजाउनाले सबै पाप नाश हुन्छन् ।

एजेन्सीको सहयोगमा
 

३ बर्ष अगाडि

प्रतिक्रिया