हरेक एक सेकेन्डमा एउटा सम्बन्धविच्छेद !

३ बर्ष अगाडि

दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एकपटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ । श्रीमान र श्रीमतीबीच बढेको असमझदारी सम्बन्धविच्छेदमा परिणत हुन धेरै समय नै नलाग्नु नै अहिलेको समस्या हो । सानोतिनो मनमुटावमा नै सम्बन्धविच्छेदको बाटो अपनाउँदा समाजमा सम्बन्धविच्छेदको संख्या निकै बढेको छ ।

विशेषतः विवाहत्तेर सम्बन्ध, गरिबी, लागूऔषध र शारीरिक र मानसिक अक्षमता नै अहिले सम्बन्धविच्छेदको मुख्य कारण बनेको छ । एक अन्तर्राष्ट्रिय अनुसन्धानले विश्वभरीनै बढिरहेको सम्बन्धविच्छेदको घटनाको बारेमा तथ्याकं संकलन गरेको छ ।

 

पछिल्लो ६० वर्षमा विश्वभरीनै सम्बन्धविच्छेदको समस्या तीव्र गतिमा बढिरहेको छ । अमेरिकाको ‘डाइभोर्स रेकर्ड’ को अनुसार १९६० बाट ‘डाइभोर्स रेट’ २५१.८ प्रतिशतले बढिरहेको छ । तर, भारतमा भने सम्बन्धविच्छेदको रेट १ प्रतिशतले मात्र बढेको पाइएको छ ।

 

भारतमा सबैभन्दा कम

भारतमा अहिले सम्बन्धविच्छेदको घटना कम पाइएको छ । भारतमा एक हजार विवाहमा १३ जनाको सम्बन्धविच्छेद हुने गरेको छ । यसको सबैभन्दा ठूलो कारण पारिवारिक परम्परा भएको अनुसन्धानमा उल्लेख छ । भारतीय संस्कारअनुसार विवाहपश्चात दुई जना मात्र नभई दुई परिवार नै जोडिने भएकाले हत्तपत्त सम्बन्धविच्छेद गर्नु मुश्किल हुन्छ । त्यसैले धेरै महिलाहरुमा समस्याका बाबजुत पनि सम्बन्धलाई जोगाइरहनुपर्छ भन्ने धारणा रहिआएको छ ।

लग्जमबर्गमा सबैभन्दा धेरै

युरोपको सबैभन्दा सानो देश लग्जमबर्गको जनसंख्या ५ लाख मात्रै छ । तर यहाँ ८७ प्रतिशत सम्बन्धविच्छेद हुने गरेको छ । धनी देशहरुको सूचीमा पर्ने यो देश सम्बन्ध कायम राख्ने विषयमा निकै पछाडि रहेको छ । भने, यहाँको जनसंख्या वृद्धिदर युरोपमै सबैभन्दा बढी छ ।

रुसमा हरेक १ सेकेन्डमा एक सम्बन्धविच्छेद

रुस यस्तो देश हो जहाँ हरेक एक सेकेन्डमा एक जोडीको सम्बन्धविच्छेद हुन्छ । यहाँको एक तिहाई विवाह जम्मा पाँच वर्ष मात्रै टिक्छ । त्यसैगरी, यहाँको सम्बन्धविच्छेदको दर पनि ५१ प्रतिशत रहेको छ ।

स्पेनमा विवाह टुट्नुको कारण गरिबी

गरिबीको कारण अक्सर वैवाहिक जीवनमा मनमुटाव आउने गर्छ । गरिबीकै कारण विवाहित जोडी सम्बन्धमा खुशी हुन सक्दैनन् । किनकी सानो भन्दा सानो आवश्यकता पनि गरिबीको कारण पूरा हुन नसकेपछि सम्बन्धविच्छेद हुने सम्भावना धेरै हुन्छ । यस्तै, स्पेनमा पछिल्लो केहि वर्षमा स्पेनको आर्थिक अवस्थामा आएको उतारचढावका कारण सम्बन्धविच्छेद हुने गरेको छ । यहाँको सम्बन्धविच्छेदको ६५ प्रतिशत रहेको छ ।

इङ्ग्लान्डमा बयस्क जोडीमा धेरै सम्बन्धविच्छेद

इङ्ग्लान्डमा पछिल्लो केहि वर्षमा सवा लाख जोडीको सम्बन्धविच्छेद भएको अनुुसन्धानमा खुलेको छ । इङ्ग्लान्डमा सम्बन्धविच्छेदको दर ४२ प्रतिशत रहेको छ । यसको मुख्य कारण १८ देखि २२ वर्षको उमेरमा हुने विहे हो । यो उमेरमा सम्बन्धविच्छेदको खतरा धेरै हुन्छ । किनकी, सानै उमेरमा विवाह गर्दा एक अर्कासँग ‘एडजस्ट’ हुन सक्दैनन् र सम्बन्धविच्छेद गर्छन् ।

अमेरिकामा सम्बन्धविच्छेदको कारण दोस्रो विवाह

अमेरिकामा सम्बन्धविच्छेदको कारण दोस्रो विवाह भएको अनुसन्धानमा उल्लेख छ । अमेरिकामा दोस्रो विवाह गर्नेको संख्या बढिरहेको छ । एउटा जोडीमा कोहि न कोहि दोस्रो व्यक्तिसँग विवाह गर्न चाहान्छ । जसको कारण सम्बन्धविच्छेदको प्रतिशत ४६ प्रतिशतले बढिरहेको छ । त्यसैगरी, अर्को कारण जोडीमा कुनै एकको अक्षमता पनि रहेको अनुसन्धानमा पत्ता लागेको छ ।

एजेन्सी

३ बर्ष अगाडि

प्रतिक्रिया