काठमाडौंमा ग्याँस सिलिण्डर बिक्री बढ्यो, दैनिक ७० हजार सिलिण्डर बिक्री

३ बर्ष अगाडि

काठमाडौं उपत्यकामा ३ महिनापछि खाना पकाउने ग्याँस सिलिण्डरको बिक्री बढेको छ । सरकारले लकडाउन खुकुलो पारेपछि दैनिक २० हजार धेरै सिण्डिर बिक्री हुन थालेका हुन् । 

यसअघि दैनिक ५० हजार सिलिण्डर ग्याँस बिक्री हुने गरेकोमा अहिले दैनिक ७० हजार पुगेको नेपाल ग्यास उद्योग संघले जनाएको छ । 

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बन्द भएका रेष्टुरेण्टहरु अहिले खुल्न थालेपछि  खाना पकाउने ग्यासको बिक्री बढेको जनाइएको छ । सरकारले होम डेलिभरी र प्याकिङको व्यवस्थासहित रेस्टुरेन्ट खोल्न दिँएको छ । 

यो सँगै लकडाउनपछि गृहजिल्लामा गएका मानिसहरु राजधानी फर्केपछि पनि ग्याँसको माग बढेको संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।  लकडाउनका कारण बिक्री घट्दा उद्योगमा १२ हजार मेट्रिक टन ग्यास मौज्दात रहेको भएपनि अब कारोबार सुधार हुनेमा व्यवसायीहरु आशावादी छन् । 

लकडाउन भएपछि ग्याँस अभाव हुनसक्ने र जोखिम हुने भन्दै राजधानीबासीले चाहिने भन्दा बढी सिलिण्डरी खरिद गरेर राखेका कारण पनि त्यसपछि ग्याँस बिक्री भएको थिएन । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया