विषाक्त मदिरा सेवनबाट मलेशियामा चार नेपालीको मृत्यु

५ बर्ष अगाडि

काठमाडौँ–वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका चार नेपालीको विषाक्त मदिरा सेवनबाट मृत्यु भएको छ । 

मलेशियाको सेलेङगर राज्यमा रोजगारीका क्रममा रहेका विशाल बुढाथोकी, सञ्जय उराव र नाम खुल्न नसकेका अन्य दुई नेपालीको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको पुष्टि भएको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए । 

विषाक्त मदिरा सेवनकै कारण गम्भीर बिरामी परेका ११ नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिए । उनीहरुको स्थानीय सुनगाई अस्पताल, काजाङ अस्पताल र ब्यान्टिङ अस्पतलमा उपचार भइरहेको बताइएको छ । 

विषाक्त मदिरा सेवनबाट हालसम्म १५ जनाको मृत्यु भइसकेको मलेशियाका सञ्चारमाध्यमले जनाएका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया