के हो मानिसका लागि सबैभन्दा ठूलो गुण र पाप ?

३ बर्ष अगाडि

देवताका पनि देवता महादेवको बारेमा त हामी सबैलाई थाहा नै छ । शिव मन्दिरहरुमा हामी पूजा गर्न पनि गएकै होलाउँ ।

अझ काठमाडौंको पशुपतिनाथमा त हामी सबै पुगेका नै छौँ । तर भगवान शिवका अनुसार सबैभन्दा ठूलो गुण र पाप के हो त रु जुन कुरा विभिन्न हिन्दू धर्मशास्त्रमा वर्णन गरेको पाइन्छ ।

आज हामी धर्मशास्त्रमा वर्णन भएको सबैभन्दा ठूलो गुणको बारेमा जानकारी दिनेछौँ ।

एक पटक माता पार्वतीले भगवान शिवलाई मानवको सबैभन्दा ठूलो पाप र गुण के हो भन्ने प्रश्न गरेकी थिइन् । भगवान शिवले यसको उत्तर एक संस्कृत श्लोकमा दिएका थिए ।

नास्ति सत्यात् परो नानृतात् पातकं परम् ।

अर्थात् संसारमा सत्य वचन बोल्नु र सम्मान कमाउनु नै सबैभन्दा ठूलो गुण हो ।

भगवान शिवले पार्वतीले गरेको सबैभन्दा ठूलो पाप के हो भन्ने प्रश्नको उत्तर बेइमानी गर्नु र धोखा दिनुलाई बताएका छन् ।

एजेन्सीको सहयोगमा
 

३ बर्ष अगाडि

प्रतिक्रिया