सरकार, टेस्टेड मान्छेहरुबाट कसरी प्राप्त होला आर्थिक समृद्धि

५ बर्ष अगाडि

काठमाडौँ । दुई तिहाई प्राप्त वर्तमान सरकारको मुख्य नाराको रुपमा रहेको छ आर्थिक समृद्धि । सरकारका प्रधानमन्त्रीले यही भाषण गर्छन । मन्त्रीहरु पनि प्रधानमन्त्रीको सिको गरेर यस्तै भाषणलाई दोहो¥याई तेहे¥याई उदृत गर्छन । गत मंसिरमा सम्पन्न निर्वाचनका क्रममा तत्कालनि वाम गठबन्धनले आर्थिक समृद्धिलाई नै केन्द्रमा राखरे मत माग्यो । जनताले पनि लौन हेरौ भनेर वाम गठबन्धनलाई मत दिए  ।

किनकी नारा दिन कम्युनिस्ट सिपालु हुन्छन । कुन कुरा गर्दा जनता आर्कषित हुन्छन् भन्ने्मा उनीहरुले राम्रैसँग थाहा पाएका छन् । अरु पार्टीले चामल समेत बेच्न नसक्दा तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनले पिठो पनि बेच्यो र जनतालाई राम्रा राम्रामा नारामा आर्कषित पनि गर्यो ।

गत फागुन ३ गते गठन भएको वर्तमान सरकारले मुखमा आर्थिक वृद्धिको विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ । तर व्यवहारमा भने त्यस्तो विल्कुल देखिदैन ।

विगतमा विभिन्न मुद्दामा फसेका, आरोप लागेका तथा पटक पटक असफल भएका, भ्रष्टाचारमा गन्हाएका व्यक्तिलाई राज्यको महत्वपूर्ण पदमा नियुक्ति गरिरहेको छ । पछिल्लो पटक नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्बर झा नियुक्त भए । वर्तमान सरकारले नै उनलाई अयोग्य भन्दै वाध्य बनाएर राजीनामा दिन लगाएको थियो ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समेत उनै झा चाहिएका थिए । तत्कालीन सञ्चार मन्त्री मोहनबहादुर बस्नेतसँग राम्रो र मैत्री सम्बन्ध बनाएकै कारण उनी प्राधिकरणको अध्यक्ष बन्न सफल भएको चर्चा त्यत्तिबेलै भएको थियो । पछिल्लो पटक वर्तमान सरकारका सञ्चार मन्त्री गोकूल बाँस्कोटाले उनलाई पटक पटक स्पष्टिकरण सोधे र राजीनामा दिन लगाए ।

तर पछि छनोट समिति हुँदै उनै झा फेरी शक्तिमा आए । त्यसमा पनि उनै सञ्चारमन्त्री बाँस्कोटा लागे । केही दिन पहिले त्यही व्यक्ति नराम्रो खत्तम हुने, केही दिन पछि त्यही व्यक्ति पुनः राम्रो हुने प्रवृत्ति मौलाएको छ ।

झा त्यस्ता व्यक्ति हुन्, जसको कार्यक्षमता माथि पटक पटक प्रश्न उठ्दै आएको छ । नेपाल आयल निगममा विकृति, विसंगति र त्यहाँका अनेकन घटनामा तत्कालीन नेतृत्वको हैसियतले झा नै जिम्मेवार देखिएका छन् । बदमासी अरुले पनि गरेका थिए होलान् तर नेतृत्वको हिसाबले झाको नै जिम्मेवारी र नैतिक दायित्व देखिन्छ ।

पछिल्लो पटक प्राधिकरणमा नियुक्त भएका झालाई कुनै पनि काम कारवाही नगर्न वर्तमान सरकारकै मन्त्रीले लिखित रुपमा निर्देशन दिएका थिए । तर पछि उनै झा ल्याइए । उनी ल्याउनुको पछाडि प्राधिकरण मात्रे नभई देशको समग्र दूरसञ्चार क्षेत्र नै सुधार गर्न लागिएको बताइएको छ । पद तथा गोपनियताको शपथ पछि  झाको वक्तव्य त्यस्तै थियो ।

यस्तै सरकारले आइतबार नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । उनी पनि झा प्रवृत्तिका मान्छे रहेको आलोचकहरुको टिप्पणी छ । सरकारले २०७० सालमा उनलाई निगम महाप्रबन्धक बनाएको थियो । कर्मचारीले सहयोग नगरेको र काम गर्न नपाएको भन्दै एक वर्षमा नै राजीनामा दिएर खरेल हिडेका थिए ।

आज उनै खरेल असाध्यै राम्रो भएको भन्ने जसरी पुनः नियुक्ति गरिएको छ । विगतमा असफल भएका, विभिन्न मुद्दा मामिलामा परेका टेस्टेड मान्छेहरुबाट दुई तिहार्य प्राप्त सरकारले कस्तो समृद्धि खोजेको हो ? उनीहरुबाट समृद्धिको कस्तो मन्त्र प्राप्त हेला ? उनीहरुले सरकार र जनताको पक्षमा कस्तो काम गर्लान् ? एकाध महिना पहिले खत्तम भएको मान्छे, एकाध दिन पछि कसरी राम्रो भयो ? भन्ने जस्ता प्रश्नको उत्तर सरकारले दिन पर्छ कि पर्दैन होला ।

तर जानकारहरुकाअनुसार विगतमा नै असफल भएका व्यक्तिहरुबाट सरकारले खोजे जस्तो आर्थिक समृद्धिको लक्ष्य पूरा हुन सक्दैन ।

५ बर्ष अगाडि

प्रतिक्रिया