कालिका पावरको नाफा १४८ प्रतिशतले बढ्यो

३ बर्ष अगाडि

काठमाडौं – कालिका पावर कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा रु. ५ करोड ७८ लाख खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चैतसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको तुलनामा १४८ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा कम्पनीले रु. २ करोड ३३ लाख खुद नाफा कमाएको थियो । 
कम्पनीले समिक्षा अवधीमा विद्युत बिक्री गरेर रु. १३ करोड ९१ लाख २५ हजार आम्दानी गरेको छ । बिक्री लागत भने ९९ लाख ८८ हजार रुपैयाँ रहेको कम्पनीको भनाइ छ । गत बर्षको सो अवधीमा कम्पनीले १३ करोड ६२ लाख ८६ हजारको विद्युत बिक्री गरेको थियो । 
हाल कम्पनीको चुक्तापुँजी रु. ६० करोड रहेको छ । कम्पनीले जगेडा कोषमा भने रु. ६ करोड ९३ लाख ७२ हजार जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १३.२८ रुपैयाँ रहेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ १११.५६, तरलता अनुपात १ः१.३७, प्रतिशेयर कुल सम्पत्ति २१८.४२, मुल्य आम्दानी अनुपात ५.६१ रहेको कम्पनीको भनाइ छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया