कर्णालीका मुख्यमन्त्री महेन्द्रवहादुर शाही चिन प्रस्थान

५ बर्ष अगाडि

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही ३ सदस्यीय टोली सहित चिन प्रस्थान गर्नुभएको छ । शाही मुख्यमन्त्री निर्वाचित भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका लागि चिन प्रस्थान गर्नुभएको हो ।   मुख्यमन्त्री शाही एअर चाईनाको विमानवाट आज विहान १०ः३० वजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट चिन जानुभएको हो । 
चिनको सिचुआन प्रान्तका गभर्नरको औपचारिक निमन्त्रणामा चिन जानुभएका मुख्यमन्त्री शाही त्यहाँ हुने  कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ । मुख्यमन्त्री शाहीको भ्रमण द्धिपक्षीय हित र प्रदेशको विकासका लागि अन्तराष्ट्रिय लगानीको वातावरण वनाउन केन्द्रीत हुने कार्यवाहक मुख्यमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । 
मुख्यमन्त्री शाहीले चिनसंग सिमा जोडिएको कर्णाली प्रदेशको समग्र विकासका लागि चिन सरकारको सहयोगका लागि आव्हान गर्ने वताउनुभएको छ । भ्रमणका क्रममा कर्णाली प्रदेशको लाईफलाईनका रुपमा रहेको हिल्सा जमुनाहा द्रुतमार्ग निर्माणका लागि चाईना हाईवे कम्पनीसंग छलफल गर्ने र प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । 
सेप्टेम्वर १९ देखि २४ सम्म हुने ६ दिने भ्रमणका क्रममा सरकारी तथा नीजि क्षेत्रसंग द्धिदेशीय सिमा नाका निर्माण, जलविद्युत विकास, पर्यटन पुर्वाधार निर्माणका क्षेत्रमा लगानीका लागि आग्रह गर्ने पनि मुख्यमन्त्री शाहीले वताउनुभयो ।

५ बर्ष अगाडि

प्रतिक्रिया