डाक्टरले दुई युवतीलाई लठ्याएर बलात्कार गरेको आरापमा पक्राउ

५ बर्ष अगाडि

गत सेप्टेम्बर १२ मा अमेरिकाको क्यालिफोर्निया बस्ने एक डाक्टर दुई युवतीलाई लठ्याएर बलात्कार गरेको आरोपमा पक्राउ परे । उनलाई यस कर्ममा प्रेमिकाले समेतले सघाएको फेला पर्यो । 
मंगलबार अधिकारीहरुले हजारौं महिलाहरु यी दुईको जबरजस्ती यौनक्रियाको सिकार भएको हुन सक्ने बताएका छन् ।  अहिले डाक्टर र उनकी प्रेमिका प्रहरी हिरासतमा छन् ।
यी दुई आरोपीहरु ग्रान्ट रोविचेओक्स ३८ वर्षे हाडजोर्नी सर्जन हुन् भने उनलाई यस अपराधमा सघाउने युवती ३१ वर्षीया सेरिसा लउरा रिले हुन् । उनीहरुलाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको, एनेस्थेसिया ९अप्रेसन गर्नु अघि बेहोस पार्ने औषधि० दिएर बेहोसी अवस्थामा मुखमैथुन गराएकोलगायतका आरोप लागेको छ ।  
अनुसन्धानको क्रममा प्रहरीले ग्रान्टको मोबाइलमा हजारौं फोटो र भिडियोहरु भेटेका छन् जसमा उनी फरक फरक महिलाहरुसँग यौन क्रियारत देखिन्छन् । प्रहरीका अनुसार धेरैजसो फोटोहरुमा ग्रान्टको प्रेमिका राइलीलाई पनि देखिन्छ ।
अमेरिकी समाचार एजेन्सी एबीसी न्युजले अनुसन्धानमा जोडिएका वकिललाई उल्लेख गर्दै उनीहरुको कृत्यबाट हजारजना भन्दा धेरै शिकार हुन सक्ने जिनाएको छ ।
“केही भिडियोमा देखिएका महिलाहरु हलचल गर्न नसक्ने गरि औषधिको प्रभाव देखिन्छन् । उनीहरु आरोपीहरुको यौन कार्यको समर्थन वा विरोध गर्ने अवस्थामा छैनन् ,” घटना भएको ओरेन्ज काउन्टीका डिस्ट्रिक्ट अटर्नी टोनी र्याकोकसले भने । 
टोनीले टिभी कार्यक्रम ‘अनलाइन डेटिङ् रिचुअल्स अफ अमेरिकन मेल’मा रोविचेओक्सको सहभागिता रहेको भिडियो देखाएदैं भने ,“आरोपीहरुले आफ्नो आकर्षक अनुहारहरुलाई उसको सम्भावित शिकारमा आउने हिच्कीचाहट कम गर्न प्रयोग गरेको देखिन्छ । उनीहरुको अनुहारका आधारमा पिडितहरुले आफू तुलानात्मक सुरक्षित महसुस गरेको हुनुपर्छ ।” 
यसबारे थप बोल्दै उनले भने,“उसको पे्रमिका दाबी गर्ने युवतीको उपस्थितिले गर्दा पनि अन्य महिलाहरुले उसको अगाडि बढी सहज र सुरक्षित महसुस गरेको हुनुपर्छ ।”
यो जोडी कानुनी फन्दामा परेको यो पहिलो पटक भने होइन । सन् २०१६ अक्टोबर २ मा आरोपीहरुले एक अर्को महिलासँग समुन्द्री किनारको बारमा सँगै रक्सी पिएको र पेयपदार्थ सेवन गरिरहँदा युवतीले होस् गुमाएपछि उनीहरुले उनलाई रोबिचेओक्सको कोठामा ल्याएर जबरजस्ती गरेका थिए । त्यो बेला युवती बीचमै जागेर कराएपछि छेउको छिमेकीले प्रहरीलाई फोनपछि उनीहरु पक्राउ परेका थिए । 
यस बाहेक पनि यही वर्षको जनवरीमा यो जोडी गैरकानुनी ड्रग्स राखेको अरोपमा पक्राउ परेका थिए ।
 त्यस अतिरिक्त रोविचेओक्सलाई दर्ता नगरिएको गैरकानुनी दुई राइफल र चार अन्य हतियार र ठूलो सङ्ख्यामा म्यागजिन राखेको आरोप लाग्ने गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया