(Friday, 14 December, 2018)
By: आजको अर्थ
असोज ३, २०७५

काठमाडौं – अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीकको अन्तरंग दृश्यले भरिएको ‘रातको कुरा’ बोलको गीत सार्वजनिक भएपछि आलोचन खेपेको चलचित्र ‘कथा काठमाण्डू’ले ट्रेलरमा पनि ति दृश्य छुटाएन । सोही कारणले चलचित्रको सामनाजिक संजालमा चर्काे आलोचना भयो ।
उक्त दृश्यका कारण चलचित्र विकास बोर्डले निर्माण युनिटलाई दृश्य नहटाइए कारवाही गर्ने चेतावनी सहितको पत्र पनि काटेको थियो ।
यी घटनाको बावजुत पनि चलचित्र ‘कथा काठमाडौ’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोडले चलचित्रलाई पिजी सटिफिकेट थमाउदै सेन्सर पास गरेको हो । पिजी सर्टिफिकेट पाएसँगै १६ वर्ष भन्दा कम उमेरका दर्शकले चलचित्र हेर्न अब आमाबाबुको आथ चाँहिनेछ । 
निर्देशक संगीता श्रेष्ठले चलचित्रको केही दृश्यमा कैची चलाउदै सेन्सरले पास गरेका जानकारी दिइन् । भनिन् ‘ गीत र ट्रेलर हेरेर चलचित्रको मुल्यांकन गर्दै गाली गर्नेलाई बोर्डको सर्टिफिकेट जवाफ हो ।’
श्रीमतीको इच्छा विपरित यदी श्रीमान्ले शारीरिक सम्बन्ध बनाउछ भने त्यो बलात्कार हो । चलचित्रले यहि कथा भनेको निर्देशक श्रेष्ठले जानकारी दिइन् ।  
विजय राइको निर्माणमा तयार भएको चलचित्रमा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको मुख्य भुमिका रहेको छ ।  १२ असोजबाट चलचित्र देशभर एकसाथ प्रदर्शनमा आउँदैछ ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत