प्रेमिकासँग भेट्न जादाँ प्रेमिकाको परिवारले थाहा पाएपछि..

५ बर्ष अगाडि

आफ्नी प्रेमिकासँग भेट्न गएको एक युवकमाथि तब विपत आइप¥यो जब उसलाई प्रेमिकालाई भेट्न आएकोमै केरकार शुरु भयो । उ प्रेमीको घर नजिकै पुग्दा केही मानिसले उसलाई पक्रेर यस्तो गरेका थिए । 
युवकलाई पक्रनेहरु यथार्थ थाहा पाएपछि आक्रोशमा आए र एक्लो रहेको युवकको जबरजस्ती कपाल खौरिदिए । कपाल खौरिएर मात्र उनीहरुको रिस शान्त भएन । त्यसपछि युवकलाई  जुत्ताको माला लगाएर पिट्दै बजार घुमाइयो ।  
यो घटना भारतको बुलंदशहर नगर कोतवालीको हो । प्रेमिकालाई भेट्न गएको युवकको यस्तो हविगत गर्ने अरु कोही नभएर प्रेमिको परिवारका सदस्यनै थिए । आक्रोशित परिवारका सदस्यले युवकलाई यो हदसम्मको अपमान र साजयँ दिएका हुन् ।  
यो दौरान त्यहाँ निक्कै भिड जम्मा भइसकेको थियो । भिडमध्य कसैले प्रहरीलाई सम्पर्क गरेर होला केही समयमा घटनास्थलमा प्रहरी आइपुग्यो । प्रहरीले युवकलाई आफूसँगै लिएर गएपछि मात्र युवकमाथिको कहर अन्त्य भएको थियो । हाल दुवै पक्षबाट प्रहरीमा मुद्धा दर्ता भएको छ । 
यो घटनालाई भिडबाट कसैले भिडियो खिचेको रहेछ । हाल यो भिडियो भारतमा समाजिक संजालमा भाइरल भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया