बीएस६ कम्प्लाएन्ट फोर्ड २०२०खरिदमा यति धेरै सुविधा

३ बर्ष अगाडि

काठमाडौं– फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स्ले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दैे पछिल्लो बीएस६ कम्प्लाएन्ट फोर्ड २०२० (BS6 Compliant Ford 2020)मा विशेष अफर ल्याएको छ ।

यस अन्तर्गत ग्राहकले १०वर्षसम्मको फाइनान्स सुविधा, ३०% डाउन पेमेन्ट, स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड बीमा सुविधा, विशेष नगद छुट, एक वर्षको बीमा, एक्सचेन्जको सुविधा, लोएल्टी बोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निशुल्क सर्भिसिङका साथ अन्य सुविधा उपलब्ध गराएका छन् । 

१० वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ साथै मासिक किस्ता कम हुने गर्दछ । कम्पनीको अनुसार अहिले यो अफर नेपालीबजारमा सबैभन्दा राम्रो हो किनकी फोर्डको २०२०मा बनेका बीएस६अन्तर्गत गाडीमा यो अफर मान्य छ । 

जि.ओ अटोमोवाइल्सले फोर्ड अनलाइन शोरुम पनि संचालन गरिरहेको छ, जहाँ ग्राहकले सो–रुम नआइकनै अनलाइनमार्फत चाहेको सवारी साधनको विशेषताहरु बुझ्न तथा हेर्न सकिन्छ । सो–रुममा रहेका प्रतिनिधिसँग अनलाइन सबै वुझ्न सकिन्छ र यसको सहायताले ग्राहकलाई आफ्नो रोजाईको गाडी खरिद गर्न सम्भव बनाएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया