ललितपुरमा रौतहटका २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

३ बर्ष अगाडि

रौतहटका एक कोरोना संक्रमित युवकको  ललितपुरस्थित  स्टार अस्पतालमा मृत्यु भएको छ । मृत्युपछि  युवकमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचाररत रौतहटका २९ वर्षीय युवकको मृत्यु भएको ललितपुरका स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले पुष्टि गरेका छन्  । डा गेलालका अनुसार शनिबार उपचारकै क्रममा मृत्यु भएका ती युवकको पीसीआर रिपोर्ट आज बिहान आएको हो । 

अस्पताल स्रोतका अनुसार ती युवक दमका रोगी थिए । उनलाइ उपचारका लागि भेन्टिलेटरमा राखिएको केहीबेरमै मृत्यु भएको बताइएको छ । यद्यपि यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा पुष्टि हुन बाँकी छ । यसअघि नेपालमा कोरोना संक्रमणका कारण २८ जनाले ज्यान गुमाइसकेका छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया