थपिए ४७६  जना नयाँ संक्रमित, कुल संक्रमितको संख्या १३ हजार नाघ्यो

३ बर्ष अगाडि

नेपालमा गएको २४ घण्टामा थप ४७६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

योसँगै सङ्क्रमितको कुल सङ्ख्या १३,२४८ पुगेको छ।

तीमध्ये ३,१३४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। उनका अनुसार अहिले आइसोलेशनमा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १०,०८५ छ।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड(१९ भएका व्यक्ति भेटिएका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

सङ्क्रमितहरूमा युवा र पुरुषको सङ्ख्या अधिक छ।

आइतवार ४६३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

३ बर्ष अगाडि

प्रतिक्रिया