काठमाडौं महानगरपालिकाका तथा अमेरिकाको फ्रेडरिक्सवर्गबीच भगिनी सम्बन्ध स्थापित

५ बर्ष अगाडि

डिसी- काठमाडौं महानगरपालिकाका तथा अमेरिकाको भर्जिनिया राज्यको फ्रेडरिक्सवर्ग नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । २०१७ को अक्टोबरमा काठमाडौँमा भगिनी सम्बन्धको घोषणा भएको थियो भने उक्त घोषणा पत्र फ्रेडरिक्सबर्ग नगरको सभा गृहमा औपचारिक साथ वाचन गरेर सुनाइयो । सो समारोहमा काठमाडौं महानगरपालिकाका नगर प्रमुख बिद्या सुन्दर शाक्य र उनको टोली तथा फ्रेडरिक्सबर्ग नगरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो समारोहमा काठमाडौँमा सम्पन्न भगिनी सम्बन्धको हस्ताक्षर समारोहको श्रब्य दृश्य समेत देखाइएको थियो भने दुवै नगर प्रमुखहरुले सम्बोधन गरेका थिए । सो अवसरमा नेपाली लोक गायक प्रेम राजा महतले नेपाली राष्ट्रिय गीत तथा लोक गीत गाएका थिए भने अमेरिकी गायिका लुरी रोज गृफित तथा गायक पिटर मिलेले अंग्रेजी गीत प्रस्तुत गरेका थिए । सो समारोहमा फ्रेडरिक्सबर्गका नेपालीहरु तथा साहित्यकार गोबिन्द गिरि प्रेरणाको समेतको उपस्थिति रहेको थियो । फ्रेडरिक्सबर्ग शहरका सडकका किनाराहरुमा अमेरिकाका राष्ट्रिय झन्डा नेपालको राष्ट्रिय झन्डा तथा फ्रेडरिक्सबर्ग नगरको झन्डा फरफराएको दृश्य मनमोहक देखिन्थ्यो । फ्रेडरिक्सवर्ग नगरका नगर प्रमुख मेरी क्याथरिन ग्रीन दोश्रो पटक निर्वाचित भएकी हुन् । गत बर्ष नेपाल भर्जिनियाको फ्रेडरिक्सबर्ग नगरका नगर प्रमुख ग्रीनलेको नेतृत्वमा १० सदस्यीय टोलि नेपाल पुगेको थियो भने काठमाडाै महानगरपालिकाको ९ सदस्यीय टोली अमेरिका आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया