चर्काचर्कीको भोलिपल्ट प्रधानमन्त्रीले मन्त्रीहरुलाई बोलाए बालुवाटार

३ बर्ष अगाडि

काठमाडौं । नेकपा स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकै बेला उनले राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बोलाएका छन् । 

ओलीले बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका हुन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीले आफूहरुलाई ८ बजे बालुवाटार बोलाएको बताए ।मंगलबारको बैठकमा प्रचण्डसहितका एक दर्जन बढी नेताहरुले ओलीले प्रम र अध्यक्ष पद दुबै छाड्नुपर्ने बताएका थिए । सो क्रममा ओली र प्रचण्डबीच चर्काचर्की समेत भएको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया