अजोड इन्स्योरेन्सको असार २५ गते आईपीओ निष्काशन हुने

३ बर्ष अगाडि

काठमाडौं – अजोड इस्योरेन्स कम्पनीले आईपीओ असार २५ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले प्रति कित्ता रु. १०० का दरले ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
रकमको आधारमा कम्पनीले रू. ३० करोडको आईपीओ ल्याउन लागेको हो ।  
कम्पनीले कुल कित्ता मध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई छुट्टाएका छन् । यस्तै, १ लाख ५० हजार सामुहिक लगानी कोषलाई छुट्टाइएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणको लागि छुट्टाइएको छ ।
उक्त आईपीओमा छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिने छ । ढिलोमा भने साउन ८ गते सम्म आवेदन दिन सकिने छ । 
उक्त आईपीओ आवेदनकले कम्तीमा १० कित्तामा आवेदन दिनुपर्ने छ । 
उक्त आईपीओको बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटल रहेको छ । कम्पनीको उक्त आईपीओले ग्रेड ४ रेटिङ पाएको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया