शेयर कारोबारमा दोस्रो पटक सकरात्मक सर्किट, ४० मिनेटलाई कारोबार बन्द

३ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोस्रो पटक सकरात्मक सर्किट लागेको छ । नेप्से परिसुचक ५ प्रतिशतले बढेपछि ११ः३५ मा दोस्रो पटक सकरात्मक सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार बन्द गरिएको छ । 
आज १२६१.१६ विन्दुबाट नेप्से कारोबार सुरु भएको थियो । अहिले १३२३. ८१ विन्दुमा पुगेको नेप्से कारोबार रोकिएको छ । 
यस अवधीमा १८ करोड ६६ लाख भन्दा बढीको कारोबार भएको छ ।  नेप्सेका अनुसार अहिलेसम्म ६ लाख ९० हजार ७५८ शेयरको २ हजार ३० पटक कारोबार भएको छ । 
हालसम्म ११० कम्पनीको कारोबार भएको छ । 
आज कारोबार भएको १३ मिनेटमा नै ४ प्रतिशतले नेप्से बढेपछि पहिलो पटक सकरात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार बन्द गरिएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया