तेस्रो पटक सकरात्मक सर्किट ब्रेक हुदाँ पनि होटेल क्षेत्र रातोमै

३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ प्रतिशतले बढेसं तेस्रो पटक सकरात्मक सर्किट लागेर आजको लागि कारोबार बन्द भएको छ । 

तेस्रो पटकसम्म सकरात्मक सर्किट ब्रेक हुदाँ पनि होटेल क्षेत्र भने रातोमै कायम छ । कारोबारमा आएका १२ उपसमुहमा ११ बटा उपसमुह बढदाँ पनि होटेल क्षेत्र भने बढ्न सकेनन् ।

१२ उपसमुहमध्ये बैकिङ क्षेत्रको हालकोे मुल्य ११७२.३० रहेको छ भने अंक चाही ८२.३ रहेको छ ।

यस्तै व्यापार क्षेत्रको हालको मुल्य ८८९.६० , फाइनान्सको ६३४.८६ ,हाइड्रोपवारको ९५९.७७ रहेको छ ।

त्यसैगरी होटेल क्षेत्र आज रातोमै कायम रही हालको मुल्य १४७७.२६ र अंक ५.१५ रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया