कांग्रेसका सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित

३ बर्ष अगाडि

नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । 

दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको थियो । 

मुटुसम्बन्धि पीडित उनको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा आज निधन भएको थियो । बाग्लुङको तमानखोला ५ मा जन्मिनुभएकी  छन्त्याल ढोरपाटन नगरपालिका १ बुर्तिवाङमा बस्दै आएकी थिइन । प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि प्रसाद सापकोटाले बताए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया