निवर्तमान सेनापति राजेन्द्र क्षेत्रीको सम्पत्तिबारे छानबिन गर्न सरकारसँग माग

५ बर्ष अगाडि


संघीय संसदका सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाको निवर्तमान प्रधान सेनापति राजेन्द्र क्षेत्रीको सम्पत्तिबारे प्रश्न उठेको भन्दै छानबिन गर्न सरकारसँग माग गरेका छन् । 
बिहिबार बसेको व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै त्रिपाठीले उनको ‘कर्तुत’ हरु एकपछि अर्को गर्दै मिडियामा आइरहेको भन्दै गम्भीरताका साथ छानबिन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 
उनले सेना व्यावसायमा लागेकोमा चर्को आलोचना गर्दै उनले त्यसले पेशागत मर्यादामा चाही आँच आउने दाबी गरे ।  सेना व्यापारमा लाग्ने हो भने धेरै किसिमका अप्ठ्यारा आउने भन्दै त्रिपाठीले भने, ‘सेनाले व्यवसाय गर्छ भने त्यसले पेशागत मर्यादामा आँच अउँछ । अन्तत्वगत्वा  धेरै किमिसमा अप्ठ्यारा र  समस्या आउन सक्छन् ।’

५ बर्ष अगाडि

प्रतिक्रिया