थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि , कुल संक्रमितको संख्या १४ हजार नाघ्यो

३ बर्ष अगाडि

बितेको २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । 

संक्रमितमा ११७ महिला र ३६५ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ४६ पुगेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया