पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबीया र युएई भ्रमणमा

५ बर्ष अगाडि

अबुधाबी– पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी आइपुग्नु भएको छ । उहाँ साउदी अरेबीयाको भ्रमण सम्पन्न गरी युएई आइपुग्नुभएको हो । 

प्रधानमन्त्री खानलाई अबुधाबी विमानस्थलमा अबुधाबीका राजकुमार शेख मोहमद बीन जायद अल नह्यानले स्वागत गर्नुभयो । प्रधानमन्त्री खानले इमिरेट्सका उच्च नेतृत्वसँग बिहीबार वार्ता गर्नुहुने समाचारमा जनाइएको छ । 

यसअघि बुधबार नै प्रधानमन्त्री खानले साउदी अरबीयाका राजा सल्मान र राजकुमार मोहम्मद बीन सल्मानसँग रियादमा भेटवार्ता गर्नुभएको थियो । भेटका अवसरमा क्षेत्रीय र द्विपक्षीय सरोकारका साथै आर्थिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री खानले इस्लामिक सहयोग संगठनका महासचिवसँग साउदी अरबमै भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्रीसँग विदेशमन्त्री शाह महमूद कुरेसी, विदेशमन्त्री तहमीना जान्जुआ र साउदी अरेबीयास्थित पाकिस्तानी कुटनीतिज्ञहरुको सहभागिता थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया