बैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन सुरु

३ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसको त्रासका कारण गत फागुन ३० गतेदेखि रोकिएको बैदेशिक रोजगारीका लागि पुनः श्रम खुल्ला गरिएको छ । बैदेशिक रोजगार बिभागले पुनः श्रम स्वीकृति दिन सुरु गरेको बताएको हो । 

बिभागका अनुसार अब विदानमा आएका कामदार श्रम स्वीकृति लिएर विदेश जान सक्नेछन् । उनीहरु पुरानै रोजगारदाता कहाँ मात्र जान पाउने छन् । नयाँ रोजगारदाता कम्पनीमा भने जान नपाउने बताइएको छ ।
काठमाडौंको श्रम कार्यलयबाट आज (बिहीबार) देखि नै श्रम स्वीकृति दिन सुरु गरिएको छ । प्रदेश कार्यलयबाट भने आइतबारदेखि श्रम स्वीकृति दिइने छ । श्रम स्वीकृति दिने ठाउँमा सुरक्षाका उपायहरु पनि अपनाइएको बिभागको भनाइ छ । 

तर, नयाँ कामदारको लागि श्रम स्वीकृति दिन भने अझै सुरु गरिएको छैन । 

३ बर्ष अगाडि

प्रतिक्रिया