वैदेशिक रोजगारीमा गएका तर बिदामा स्वदेश फर्किएका नेपालीहरु पुनः विदेश जान पाउने

३ बर्ष अगाडि

वैदेशिक रोजगारीमा गएका तर बिदामा स्वदेश फर्किएका नेपालीहरु पुनः विदेश जान पाउने भएका छन् । 

वैदेशिक रोजगार विभागले मन्त्रिपरिषद्को सोमबारको निर्णय बमोजिम आफ्ना मातहतका कार्यालयलाई  त्यस्तो श्रमिकलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरेर पुनः श्रम स्वीकृति दिन निर्देशन दिएको हो । 

त्यस्तै, करार अवधि सकिएर पुनः करार नबीकरण गरेका र भिसाको म्याद समेत थप भएका व्यक्तिले समेत निवेदन दिएमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकललाई पालना गर्दै पुनः श्रम स्वीकृति दिन भनिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया