काठमाडौका एक वृद्धको कोरोनाका कारण मृत्यु , मृतकको संख्या ३२ पुग्यो

३ बर्ष अगाडि

कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुष रहेका छन् । 

काठमाडौंको बानेश्वरका एक ८५ वर्षीय वृद्धको  मृत्यु भएको र मृत्युपछि भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । यसअघि काठमाडौँको टिचिङ अस्पतालमा दुई जनाको निधन भए पनि उनीहरु काठमाडौँबाहिरका थिए।

उच्च रक्तचाप र पार्किन्सन बिरामीसमेत रहेका ती वृद्धको असार १७ गते म‌ृत्यु भएको मन्त्रालयले जनाएको छ।  नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३२ जनाले ज्यान गुमाएका छन्। हालसम्म १५ हजार २ सय ५९ जना संक्रमित भएका छन्। ।

३ बर्ष अगाडि

प्रतिक्रिया