आज एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँट हुर्दै

३ बर्ष अगाडि

आइतबार बाँडफाट गरिने भनिएको एनआईसी एशिया लघुवित्तको आईपीओ (आज )शनिबार नै बाँडफाँट हुदैछ  ।

आइतबारदेखि साधना लघुवित्तको आईपीओ निष्काशन सुरु हुदाँ विद्युतिय प्रणाीमा समस्या आउने भएपछि आज शनिबार नै गर्न लागिएको हो । 

अहिले बिहान साढे ९ बजे आईपीओ बाँडफा गरिने छ ।

 आईपीओ बाँडफाँटका लागि बिक्री प्रवन्धक सानिमा क्यापिटलले बिहीबार नै प्रि–अलोटमेन्ट गरिसकेको छ । 

कोरोना भाइरसको त्रासका कारण क्यापिटलले लगानीकर्तालाई कार्यक्रममा उपस्थीति नहुन आग्रह गरेको छ ।

सञ्चारकर्मी र लगानीकर्ताको जानकारीका लागि क्यापीटलको फेसबुकबाट लाइभ प्रसारण गरिने छ । 

कम्पनीले गत असार १० गते कुल ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । त्यसमा  ७४ हजार कर्मचारी र २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्टाइएको छ । बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्वसाधारणले पाउनेछ ।

त्यसकाल लागि ४ लाख १४ हजार १८० जनाले आवेदन दिएका थिए, त्यसमा ३ लाख ९७ हजार ७४१ जना आवेदन मात्र योग्य छ । जसअनुसार ती सबै योग्य आवेदकले पहिलो चरणमा १० कित्ता शेयर पाउनेछन् । त्यसपछि ४६ हजार ५७९ जना आवेदकले लक्की ड्र मार्फत थप १० कित्ता शेयर पाउनेछन ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया