केदारस्युँ गाउँपालिकाका १७ घर पहिराले पुरिए

३ बर्ष अगाडि

केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयवासीले बताएका छन् । 

स्थानीय प्रशासनले भने क्षतिको यकिन विवरण आउन नसकेको जनाएको छ ।

 प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, “पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।” उनले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी दिए ।

स्थानीय लोकेन्द्र विकले भने अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र सात जना बेपत्ता भएको जानकारी दिए ।

केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिङ्गो बस्ती नै पहिरोको चपेटामा परेको बताउनुभयो । उनका अनुसार त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ ।

घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया