मकवानपुर गढीमा व्यावसायकिरुपमा सिस्नु खेती  शुरु

३ बर्ष अगाडि

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा व्यावसायकिरुपमा सिस्नु खेती  शुरु भएको छ ।

 उक्त गाउँपालिकाको  किसान समूहले  सुकाउरामा बाँझो जमिनको झाडी फाँडेर सिस्नु खेती शुरु गरेको सो गाउँपालिकाकाले  जनाएको छ ।  

गाउँपालिका–७ का आधा दर्जन किसानले  उक्त खेती गरेका हुन् । 

 गाउँपालिकाको कृषि प्राविधिक  चन्द्रकान्त चौधरीले  करिब एक बिघा जमिनमा  सिस्नुको गानो रोपिएको  जानकारी  दिए ।  

सिस्नु खेती  गर्न  गाउँपालिकाले  रु एक लाख चालु आर्थिक वर्षमा दिएको  छ । 

किसानले सिस्नुको धूलो बिक्री गर्ने लक्ष्य राखेर पहिलोपटक यसको खेती गरेका हुन् ।

 किसान मानबहादुर मोक्तानले किसान समूहसँग मिलेर सिस्नु पिस्ने मेसिन खरिद गरेको बताउँदै सिस्नुको धूलो बिक्रीमा गाउँपालिकाले सहयोग गर्ने जानकारी दिए । 

यसैबीच हेटौँडा–६ को चौघडार शान्तिचौकका पाँच युवाले व्यावसायकि तरकारी खेती गरेका छन । 

रोयल अर्गानिक एग्रो फर्म एण्ड रिसर्च सेन्टर कम्पनी दर्ता गरी रु ३५ लाखमा तरकारी खेती सुरु गरिएको बताइएको छ ।

 विषादीरहित तरकारीमा उपभोक्ताको चाहना र माग अत्यधिक  रहेकोले  मौसमी  र बेमौसमी  तरकारी खेतीसँगै नयाँ प्रजातिका माछा, कुखुरा र बाख्रा पालनसमेत सञ्चालन  गरेको उक्त कम्पनीका अध्यक्ष भरत सापकोटाले  जानकारी  दिए । 

हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागार्इँले  त्यस कम्पनीको स्थालगत  निरीक्षण गर्दै युवा पुस्ता व्यावसायिक कृषि कार्यमा लाग्नु उदाहरणीय भएको बताए। 

साथै उहाँले  वडासमेतबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त  गरे ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया