सलहबाट मकै बालीमा रु पाँच करोड क्षति

३ बर्ष अगाडि

जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् ।

जिल्लाका केही भागमा  सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन ।  वडा नम्बर ७ का जलुके, जुवाकोटलगायत क्षेत्रमा  नौ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा  लगाइएको  मकै पूर्ण रुपमा नष्ट  भएको वडाध्यक्ष मोहन पन्थीले जानकारी दिए । 
 
जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूूर्णरुपमा र केही भागमा आंशिक क्षति पुग्दा करीब रु पाँच करोड नोक्सान भएको जनाइएको छ ।  । शीतगङ्गा– १० सिद्धाराको दुम्सीलगायत क्षेत्रमा पनि सलहले मकै बाली पूूर्णरुपमा नष्ट गरेको वडाध्यक्ष हिम्मत पोख्रेलले बताए । 
     
सन्धिखर्क  र भूमिकास्थान नगरपालिका तथा छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका सबैतिर सलहले क्षति पु¥याएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया