एलिजाको खुलासा ः ‘विवाहित भएकै कारण मलाई फिल्मबाट निकालिएको छ’

३ बर्ष अगाडि

फिल्म ‘अनुराग’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले नेपाली फिल्म क्षेत्र नातावाद र समुहवादको घेराबन्दीमा रहेको बताएकी छन् । प्रतिभावान व्यक्तिलाई भन्दा आफ्ना भाइभतिजालाई अवसर दिने प्रवृति फिल्म क्षेत्रमा व्याप्त रहेको उनको भनाई छ । 

‘अनुराग’ मा आफूले नयाँ प्रतिभालाई अवसर दिएको बताउँदै उनले भनेकी छन्, ‘मैले अडिसनबाटै फिल्ममा हिरो लिए पनि दुःख गरेर आएको नयाँ मान्छेलाई ल्याएको हुँ । मैले ठूलो रिक्स मोलेको थिएँ । अरु कसले मोल्न सक्छ त्यस्तो रिक्स ? म अरु जस्तो नाटक गरेर आफ्नो गर्लफ्रेण्ड र व्वाइफ्रेड झार्दिनँ ।’ आफ्नो पहिलो फिल्म असफल नभए पनि हिम्मत नहारेको उनको भनाई छ ।
 
उनले आफू पनि नेपोटिज्म र ग्रुपिज्मको शिकार भएको खुलाएकी छन् । आफू विवाहित भएकै कारण कति फिल्मबाट निकालिएको उनी सुनाउँछिन् । अभिनेत्री एलिजाले हालै एक अन्तर्वार्तामा भनेकी छन्, ‘मलाई राम्रो फिल्मबाट अफर आएको छ भने रातारात त्यहाँ हिरोइन परिवर्तन भइहाल्छ । किनकि, म त विवाहित हुँ । यस्तो कति फिल्ममा भएको छ । तर, नाम चाहिँ लिन्नँ ।’ 
 
नेपोटिज्म र ग्रुपिज्म फिल्म क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा रहेको उनी बताउँछिन् । आर्थिक अवस्था कमजोर भएका, नयाँ कलाकार र प्रतिभावान व्यक्तिलाई फिल्म वा म्यूजिक भिडियोमा अवसर दिन एलिजाको निर्माता तथा निर्देशकलाई आग्रह छ । आफ्नै भाइ भजितालाई मात्र आश्रय दिने हो भने नेपाली फिल्म क्षेत्र चाँडै बलिउडमा जस्तो कपूर र खानको मात्र हुने उनको तर्क छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया