प्राइम बैंकले यसरी गर्यो १५ करोडको घर ५ करोडमै लिलाम

३ बर्ष अगाडि

बैंकबाट सर्वसाधारण ठगिएका घटना नौला होइनन् । सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट व्यापार व्यवसाय सञ्चालन गर्न ऋण लिएका हुन्छन् । बैंकको सर्तअनुसार कारोबार नभएको अवस्थामा ऋणीलाई कालोसूचीमा राखेर घरजग्गा लिलाम गर्ने प्रचलन बढ्दै गएको छ ।

पछिल्लो समयमा बैंकसँग कारोबार गर्ने ऋणीहरुले समयमा किस्ता तिर्न नसक्दाको सम्पत्ति भने बैंककै मिलेमतोमा निकै सस्तोमा लिलामी हुने गरेको छ । यसले गर्दा घरजग्गा लिलामी हुनेहरु थप पीडामा पर्ने गरेका छन् ।

२०७१ सालमा आफ्नो व्यवसाय सञ्चालन गर्नका लागि काजीराम पियाले प्राइम कमर्सियल बैंकबाट ७ करोड रुपियाँ ऋण लिनुभएको थियो । ऋण लिएपछि तिर्नुपर्ने किस्ता पनि नियमित रुपमा नै तिर्दै गए ।  तर व्यापारिक कारोबार मिलाउन नसक्दा पियाले ६ महिनाको दुई किस्ता तिर्न सकेनन् ।

यसै कारण प्राइम बैंकले घर लिलामी गर्ने ३५ दिने सूचना जारी ग¥यो । सूचना जारी गरेपछि पियाले बैंकका म्यानेजर शिव अमात्य र प्रमुख कार्यकारी अधिृकत नारायणदास मानन्धरसँग भेटेरै किस्तासँगै बाँकी सावाँ पनि तिर्ने प्रतिबद्धता जनाएका थिए ।

सिइयो मानन्धरले सकेसम्म व्यवहार मिलाएर बैंकको किस्ता तिर्न सुझाव दिएपछि पिया किस्ता तिर्ने पैसाको जोहो गर्ने कार्यमा जुटे । घर लिलामीको सूचना जारी गर्नु एक साताअघि मात्र तीस लाख रुपियाँ किस्ता बुझाएको पियाकी श्रीमती पपला पिया बताउँछिन् ।

‘सूचना जारी भएको जानकारी थियो तर घर अर्कैको नाममा पास भएको चाहिँ नयाँ घरधनीले पुर्जा लिएर आएपछि मात्र थाहा भयो’, पियाले भनिन्– ‘हामीले ऋण तिछौं भन्दाभन्दै पनि लिलामी निकालेर हामीलाई जबरजस्ती घरबाट निकाल्न खोजेपछि घर जग्गा रोक्का राखी पाऊँ भनेर उच्च अदालत पाटनमा उजुरी ग¥यौं ।’

पाटन उच्च अदालतले जग्गा रोक्का राख्न स्टे अर्डर दिए पनि नयाँ घर किन्ने व्यक्तिले मानसिक यातना दिएको पीडितको भनाइ छ।

पाटन उच्च अदालतले उक्त मुद्दामा असार २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको भए पनि बैंकले भने उक्त घर अर्काको नाममा पास गरिदिएको छ ।

काठमाडौं महानगरपालिका–१६ माछापोखरीको चोकमै रहेको ६ आना जग्गामा बनेको साढे पाँचतले घरको अहिलेको मूल्याङ्कनअुनसार करिब १५ करोड रुपियाँ पर्ने पियाको दाबी छ । नेपाल समाचारपत्रमा खबर छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया