आरम्भ र चौतारी लघुवित्तको एकीकृत कारोबार सुभारम्भ

३ बर्ष अगाडि

काठमाडौं – आरम्भ लघुवित्त र चौतारी लघुवित्त वित्तिय संस्थाले एकीकृत कारोबार सुभारम्भ गरेका छन् । सोमबार बनेपामा एक औपचारिक गरेर आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाको नाममा एकीकृत कारोबार सुभारम्भ गरिएको हो । 
आरम्भ  र चौतारी लघुवित्त बीच २०७६ जेठ २२ गते नै मर्जर सहमति भएको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकले गत फागुन १८ गते मर्जरका लागि अन्तिम श्रम स्वीकृती दिएको थियो । 
मर्जपछि लघुवित्तको चुक्तापुँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ पुगेको छ । यस्तै, लघुवित्तको सेवा विस्तार ३१ जिल्लामा पुगेको छ भने शाखा सख्या ७७ पुगेको छ । लगानी भने रु. २ अर्ब ५० करोड ८० लाख ७४ हजार पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया