निजी क्षेत्रले अब विदेशमा विद्युत बिक्री गर्न पाउने

३ बर्ष अगाडि

काठमाडौं – निजी क्षेत्रका व्यापार कम्पनीहरूले पनि अब विदेशमा सोझै विद्युत विक्री गर्न पाउने भएका छन् । साथै, उनीहरुले आवश्यक परेमा विदेशबाट विद्युत आयात गर्न पनि सक्ने व्यवस्था गरिएको छ । 
राष्ट्रिय सभामा हालै दर्ता भएको विद्युत विधेयक २०७७ मा यस्तो व्यवस्था गरिएको हो । उक्त विद्येयक पारित भएर लागू भएपछि निजी क्षेत्रका व्यापार कम्पनीले अन्तरदेशीय विद्युत व्यापार गर्न पाउने छन् । 
हालसम्म विद्युत व्यापार गर्न कुनै पनि कानुनी व्यवस्था छैन । सरकारले नयाँ विद्युत ऐन मार्फत अन्तरदेशिय विद्युत व्यापारलाई नीतिगत रुपमा नै बाटो खुल्ला गरिदिएको हो । 
अब अन्तरदेशीय विद्युत व्यापार गर्न चाहाने निजी कम्पनीहरुले उर्जा मन्त्रालयबाट अनुमति लिएर विद्युत आयात निर्यात गर्न सक्छन् । 
विद्येयकको दफा ३० मा यस्तो व्यवस्था गरिएको हो । तर, आवश्यकताको आधारमा मात्र अनुमतिपत्र प्रदान गनिरे बताइएको छ । अनुमतिपत्र पाएपछि त्यस्ता कम्पनीले अन्तरराष्ट्रिय बजारमा नै विद्युत व्यापार गर्न सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया