भोलिदेखि अजोड इन्स्योरेन्सको आईपीओ बिक्री खुल्ला

३ बर्ष अगाडि

काठमाडौं – अजोड इस्योरेन्स कम्पनीको आईपीओ भोलि अर्थात् बिहीबारदेखि बिक्री खुल्ला हुने भएको छ । पुर्व निर्धारित समयअनुसार नै असार २५ गतेदेखि आईपीओ बिक्री गर्न लागिएको हो । 
कम्पनीले प्रति कित्ता रु. १०० का दरले ३० लाख कित्ता अर्थात् रु. ३० करोडको आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले कुल कित्ता मध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई छुट्टाएका छ । यस्तै, १ लाख ५० हजार सामुहिक लगानी कोषलाई छुट्टाइएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणको लागि छुट्टाइएको छ ।
उक्त आईपीओमा छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिने छ । ढिलोमा भने साउन ८ गते सम्म आवेदन दिन सकिने छ । 
उक्त आईपीओ आवेदनकले कम्तीमा १० कित्तामा आवेदन दिनुपर्ने छ ।  उक्त आईपीओको बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटल रहेको छ । कम्पनीको उक्त आईपीओले ग्रेड ४ रेटिङ पाएको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको छ ।
उक्त आईपीओमा धितोपत्रबाट सीआस्वा अनुमति प्राप्त बैंक तथा वित्तिय संस्था, मेरो शेयर लगायतका माध्यमबाट आवेदन दिन सकिने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया