मास्क नलगाई हिँड्नेलाई  ठाउँको ठाउँ जरिवाना

३ बर्ष अगाडि

मास्क नलगाई हिँड्नेलाई प्रहरीले ठाउँको ठाउँ जरिवाना गराउने भएको छ । मास्क रसेनिटाइजर प्रयोग नगर्ने तथा एकअर्काबीच भौतिक दूरी नराख्दा संक्रमणको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सावधानीका लागि ‘ठाउँको ठाउँ’ एक सय रुपियाँ जरिवानाको व्यवस्था गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज  महानगरीय प्रहरी परिसर काठमाडौंलाई जरिवाना रसिद नै पठाइसकेको छ । परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले प्रशासनबाट १ सय रुपैयाँ दरको जरिवाना रसिद आइसकेको बताए ।

संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रमक रोग सम्बन्धी नियम उल्लंघन गरे १ सय रुपैया  जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । सोही दफामा नियम पालना गराउने क्रममा काममा अवरोध पुर्‍याए ६ सय रुपैया जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

‘प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य सावधानी नअपनाउनेलाई ठाउको ठाउ जरिवाना लिएर कारबाही गर्न निर्देशन दिइसक्नु भएको छ, बिहीबार नै प्रशासनबाट आवश्यक मात्रामा जरिवाना रसिद नै पाइसकेका छौं,’ ज्ञवालीले भने । अब सार्वजनिक स्थलरसडक तथा गल्लीमा प्रहरी परिचालन गरेर मास्क नलगाउनेबाट जरिवाना असुलिने उनले स्पष्ट पारे ।

‘जोखिम बढ्यो तर मानिसमा संक्रमणको त्रास र डरको मात्रा घट्दै गएको पाइयो,’ ज्ञवालीले कान्तिपुरसग भने, ‘थुनेर पनि सम्भव छैन, जरिवानाको अनुभूति भएपछि कानुन कार्यान्वयनमा सहज हुन्छ भनेरै मास्क नलगाउनेलाई कारबाही गर्न लागिएको हो ।’
 

३ बर्ष अगाडि

प्रतिक्रिया