नेपालमा पुनः संक्रमण दर शून्य

असार २८, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ ।

जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएका घर फर्केका यी व्यक्तिमध्ये फेरि कोही व्यक्ति संक्रमित भएर उपचारका लागि अस्पताल भर्ना भएका छन् त ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार उपचारपछि डिस्चार्ज भएका कसैलाई पनि पुनः संक्रमण देखिएको छैन । ‘डिस्चार्ज भएर गएका कसैलाई पनि पुनः कोरोना संक्रमण देखिएको छैन ।’ सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनको भनाइ पनि यस्तै छ ।

‘संक्रमितमध्ये डिस्चार्ज भएका कसैलाई पनि पुनः संक्रमण देखिएको छैन,’ डा। पुन भन्छन् । संक्रमणपछि उपचार पाएर डिस्चार्ज भइसकेका व्यक्तिलाई पुनः संक्रमणले छुन्छ कि छुँदैन ? यसमा भने विज्ञहरुको मत बाझिएको छ ।

एकथरी विज्ञहरु एकपटक संक्रमित भएर गइसकेपछि शरीरमा एन्टिबडी बन्छ र ढुक्क भएर काम गर्न सक्ने बताउँछन् । केही विज्ञले भने संक्रमण भएको व्यक्तिमा भएको एन्टिबडीले पूर्ण रुपमा काम नगर्न पनि सक्छ भनेर सावधानी अपनाउन सुझाव दिएको देखिन्छ ।राजधानी दैनिकमा खबर छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८