व्याजदरको भद्र सहमति तोडियो, अब बैंकहरुले आफुखुसी व्याज निर्धारण गर्न पाउने

३ बर्ष अगाडि

काठमाडौं – बाणिज्य बैंकहरुले निक्षेप व्याजदरको बिषयमा गरेको भ्रद सहमति तोडेका छन् । बाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

योसँगै अब बैंकहरुले आफुखुसी नै निक्षेपको व्याजदरमा निर्धारण गर्न पाउने छन् । लकडाउनका कारण अहिले बैंकहरुबाट कर्जा प्रवाह हुन सकेको छैन । फलस्वरुप बैंकहरुमा अहिले तरलता बढेको छ । यसरी बैंकहरुमा पैसा बढी भएपछि बैंकहरुले व्याजदरको भद्र सहमति तोडेका हुन् । सम्भवत बैंकहरुल भोलिदेखि नै हालको व्याजदर कम गरेर नयाँ व्याजदर घोषणा गर्न सक्नेछन् । 
यसअघि बैंकहरुले मुद्दती निक्षेपमा व्यत्तिगत ८ प्रतिशत, संस्थागततर्फ ७ र सामान्य बचतमा ५.५ प्रतिशत व्याजदर व्याज दिने गरि सहमति गरेका थिए । अब बैंकहरुले यो भन्दा पनि कम व्याजदर निर्धारण गर्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया