अजोड इन्स्योरेन्सको आईपीओः अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं –  अजोड इन्स्योरेन्सको आईपीओमा आवश्यक भन्दा साढे ६ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलकाअनुसार सोमबार अन्तिम दिन साँझ ५ बजेसम्म ५ लाख ९१ हजार आवेदकले १ करोड ८१ लाख ३ हजार ७५० कित्ता अर्थात् १ अर्ब ८१ करोड ३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओका लागि आवेदन दिएका छन्, जुन आवश्यक भन्दा बढी हो । 
यो सख्या अझै बढ्न सक्ने पनि बताइएको छ । बैंक मार्फत भरेको आवेदन अझै जम्मा नभएकाले यो सख्या अझै बढ्न सकने अनुमान क्यापिटलको रहेको छ  । 
कम्पनीले गत असार २५ गतेदेखि कुल ३० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । त्यसमा १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको छ, जसअनुसार २७ लाख ३० हजार आईपीओ मात्र सर्वसाधारणले पाउने छन् । तर, त्यसमा करिब पौने २ लाख कित्ता आईपीओका लागि आवेदन परेको छ । 
कुल आवेदनक मध्ये २ लाख ७३ हजार आवेदनकले मात्र १० – १० कित्ता शेयर पाउने छन्, त्यस बाहेकका आवेदक भने खाली हात नै हुनेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया