भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो

३ बर्ष अगाडि

भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा  परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सक्रमितमध्ये तीन लाख ११  हजार ५६५ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७१ हजार ४५९ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७२७ जनाको मृत्यु भएको छ । 


भारतमा सब भन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना संक्रमित भएका छन् भने दश हजार ४८२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै संक्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७९८ जना रहेका छन् भने २ हजार ३२ जनाको मृत्यु भएको छ ।
 
तेस्रो धेरै संक्रमित भएको दिल्ली प्रदेशमा एक लाख  १३ हजार ७४० जना रेहेका छन्् । दिल्लीमा कोरोना संक्रमणको कारण ३ हजार ४११ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको हिसाबबाट विश्वभरीको तथ्यांकलाई हेर्दा भारत तेस्रो धेरै संक्रमित रहेको देशमा पर्दछ  पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिलमा रहेका छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया