डिसहोमले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दियो

३ बर्ष अगाडि

डिसहोमले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बोर्डकी सूचना अधिकारी दीपा दाहालले डिसहोमले सोमबार आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दर्ता गराएको जनाएकी छन् । 
बोर्डमा चुक्तापूँजीको १० प्रतिशत हाराहारीको सेयर सर्वसाधारणमा जारी गर्नका लागि आवेदन दिएको छ । डिसहोमको आइपीओ १०० रुपैयाँ अंकित दरकै हुनेछ । २३ लाख कित्ता हाराहारीको आइपीओ निष्कासनको योजनामा डिसहोम छ । 
डिस होमको आइपीओमा निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई  क्यापिटल रहेको छ ।

२०७५ पुस २७ गतेको साधारणसभाले सर्वसाधारणमा प्राथमिक सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया