नेप्से परिसूचक ५ अंकले बढ्यो,करीब १ अर्बको कारोबार

३ बर्ष अगाडि

साताको तेस्रो कारोबारका दिन (आज मगंलबार) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ ।

कारोबारको शुरुवातबाटै उकालो यात्रा गरेको नेप्से परिसूचक आज भने ५ अंकको हारहारीमा उकालो लागेको हो ।

आज १३४४.२२ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १३४७.४५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज सेन्सेटीभ सूचक पनि १.९५ अंकले बढेकोे लागेको छ । आज कारोबारका लागी आएका  १४ उपसूचक मध्य ५ उपसूचक बढे्का छन् ।

त्यस्तै, आज कारोबारका लागी आएका १८६ कम्पनीको २५ लाख ६८ हजार कित्ता शेयर किनबेच हुदाँ ९९ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया