साताको शेयर कारोबारः  ३.५५ अंकले घट्यो नेप्से, ८ अर्बभन्दा बढीको कारोबार

३ बर्ष अगाडि

यो साता नेपाल स्टक एक्सचेन्ज (शेयर)  बजार  ३.५५ अंकले घटेको छ । आइतबार १४४२.६१ विन्दुबाट नेप्से परिसुचक  कारोबार सुरु भएको थियो । तर, बिहीबार अन्तिम समयसम्म आउँदा उक्त परिसुचक०.२५ प्रतिशतले घटेर १३३९.०६ विन्दुमा आएको छ । 

यो हप्ता कुल  ८ अर्ब २ करोड २३ लाख ४० हजार बराबरको  कारोबार भएको छ भने  दैनिक औषतमा १ अर्ब ६० करोड भन्दा बढीको कारोबार भएको नेप्सेको भनाइ छ । 

यो साता कारोबारमा आएका  १९८ कम्पनीले १ लाख २९ हजार १ सय ७८ पटक शेयर खरिदबिर्की गरेका छन ।  नेप्सका अनुसातर उक्त कम्पनीहरुको  १ करोड ९२ लाख ७५ हजार ३५ कित्ता बराबरको शेयर कारोबार भएको छ । 

गत साता मार्केट क्यापिटलाइजेशन १८ करोड ९८ लाख रुपैयाँ भन्दा बढी पुगेको थियो । यो साता ०.२३ प्रतिशतले घटेर १८ करोड ९४ लाख रुपैयाँ रहेको छ । । 

३ बर्ष अगाडि

प्रतिक्रिया