एक महिनामा २१ पटक घटबढ भयो डलरको भाउ

३ बर्ष अगाडि

अमेरिकी डलरको भाउ एक महिनामा २१ पटक उतारचढाव भएको छ । जुलाई महिना शुरु भएदेखि आजसम्म अमेरिकी डलरको भाउ २१ पटक घटबढ भएको हो । 

जुलाई १ तारिख (असार १७) मा १२० रुपैयाँ ५१ पैसा रहेको डलर भोलीपल्ट बढेर ११०.६५ पुगेको थियो । 

असार १९ बाट भने घटेर ११९ रुपैयाँ ७२ पैसा, २० गते ११९ रुपैयाँ १२ पैसा कायम भएको छ । दुइदिनसम्म सोही मूल्य कायम भएको डलर २३ गते भने फेरी बढेर ११९.१८, २४ गते ११९.६०, २५ गते ११९.७३ पुगेको थियो ।

२६ गते  फेरी घटेर ११९.७० भएको डलरको भाउ २७ मा बढेर १२०.०३ पुगेर तीनदिनसम्म सोही मूल्य कायम भएको थियो । ३० गते घटेर १२०.०१ मा झरेको डलर असारको अन्तिम दिन ३१ गते बढेर १२०.३७ रुपैयाँ पुगेको थियो । 

साउन लागेपछि शुरुकै दिन घटेर ११९.९४ पुगेको डरल फेरी २ गते बढेर १२०.०१ पुग्यो ।

३ गते घटेर ४ दिनसम्म ११९.७३ कायम रहेपछि फेरी ७ गते घटेर ११९.३१ पुगेको छ । ८ गते एकपैसा बढेर २ दिन स्थीर रहेको डलर १० गते फेरी बढेर १४ गतेसम्म ११९.४४ पैसा कायम रहेको डलर १५ गते ६ पैसा घटेर ११९.३८ कायम भएको थियो । 

एक महिना अघिको तुलनामा १ रुपैयाँ ०६ पैसा घटेर ११९.४५ कायम भएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया