विराटनगरमा फेरि लकडाउन

३ बर्ष अगाडि

‘महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परेपछि विराटनगर महानगरपालिकामा फेरि लकडाउन गरिएको छ ।

समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएको निष्कर्ष सहित भोली शनिबारदेखि लागू हुने गरी दुई साताका लागि लकडाउन गरीएको नगरप्रमुख भीम पराजुलीले बताए । 

नगरपालिकामा गठन भएको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको थियो । 

यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया